
किवानीज क्लब अफ काठमाडौं नेपालयले आफ्नो स्थापना दिवसको अवसर पारेर किवानीज चिल्ड्रेन फण्डको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
किवानीज नेपाल डिस्किट गभर्नर एकराज पन्थको प्रमुख आतिथ्यमा क्विानीज क्लब अफ काठमाडौं नेपालयका अध्यक्ष डा. अनुपमा श्रेष्ठले किवानीज चिल्ड्रेन फण्डका अध्यक्ष शमसेर पराजुलीलाई १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।
क्लबले आफ्नो स्थापना दिवसको दिनमा चिल्ड्रेन फण्डलाई हरेक वर्ष १५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे बमोजिम उक्त रकम प्रदान गरेको जनाएको छ।
साथै सो अवसरमा क्लबले निकट भविष्यमा संचालन गर्न लागेको विस अटोजम फाउण्डेशनको बारेमा अन्तरक्रिया कार्यक्रम समेत संचालन गरेको थियो । अन्तरक्रियामा सहभागी समाजसेवी रुद्र शर्माले फाउण्डेशन स्थापनार्थ २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे । कोरीयामा लामो समय काम गरेका शर्मा नेपाल हाउस रेष्टुरेन्ट्र लगायतका व्यवसायमा आवद्ध छन् ।
त्यसैगरी जापान निवासी शेयरचन्द सोडारी तथा रचना सापकोटाले किवानीज क्लब अफ काठमाडौं नेपालयलाई बार्षिक १५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया