बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बोनस सेयर र मर्जरबाट बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने तयारीमा समिति रहेको बताएपछि आइतबार बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ ।
अधिकांश बैंक तथा वित्तीय संस्थाको लाभांश घोषणा भईसक्दा १६ निर्जीवन बीमा तथा ६ जीवन बीमाको लाभांश घोषणा हुन अझै बाँकी छ । पूँजी वृद्धि र लाभांशले लगानीकर्ताको आकर्षण सेयर बजारमा अन्य कम्पनीमा भन्दा बीमा कम्पनीहरुमा बढेको हो ।
आइतबार १४ बीमा कम्पनीहरुको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा थप ९ कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएका सबै बीमा कम्पनीहरुको सेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
बीमा कम्पनीको सेयरमूल्यमा बहार छाउँदा जीवन बीमाको इन्डेक्स पनि ९.७८ प्रतिशत बढेर १४ हजार ६१७ पुगेको भने निर्जीवन बीमाको इन्डेक्स ८.१७ प्रतिशत बढेर १२ हजार ८ बिन्दुमा पुगेको छ । बीमा कम्पनीहरुको मूल्य बढेपछि नेप्से २.८२ प्रतिशत (७१.२० अंक) बढेर २५९१.४२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशतले बढेर ४८२.७४ बिन्दुमा उक्लिएको छ ।
सेयर बजारमा आज लगानीकर्ताहरु जीवन बीमा कम्पनीहरु प्रभु लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस्तै निर्जीवन बीमातर्फ लुम्बिनी जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्स्योेरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सूर्या लाइफ, नेपाल लाइफ इन्स्योरेन्स नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले व्यवसायको दायरा बढ्दै गएकाले हाल नेपालका बीमाहरुको कायम चुक्ता पूँजी अपर्याप्त रहेकाले पूँजी कम हुँदा बीमा कम्पनीहरुको जोखिम बढ्ने भएकाले बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने विषयमा छलफल भैरहको बताएका थिए ।
बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पूँजी बढाउन आवश्यक देखेसँगै दोस्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया