तीन कम्पनीको आजदेखि सेयर खरीद गर्नेले लाभांश नपाउने

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक, विजय लघुवित्त र महुली लघुवित्तको लाभांश आजदेखि सेयर खरीद गर्ने लगानीकर्ताले नपाउने भएका छन् ।

तीनवटै कम्पनीले आज साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरी सेयरमूल्य समायोजन भएसँगै आइतबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने अवस्था बनेको हो ।

पुस १२ गते सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८ प्रतिशत, महुली लघुवित्तको २६ प्रतिशत र लघुवित्तको २०.०३ प्रतिशत बोनस समायोजन भई नयाँ मूल्य निर्धारण भएको छ ।

नेप्सेका अनुसार बोनस समायोजनपछि एनसीसी बैंकको २६३.४३ रुपैयाँ, विजय लघुवित्तको १२७२.१८ रुपैयाँ र महुली लघुवित्तको १५०२.३८ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार तीनवटै कम्पनीके समायोजित मूल्यलाई आधार मानेर कारोबार खुलिसकेको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बोनस समायेजन गरी मूल्य निर्धारण गरेको थियो । आइतबार दोस्रो बजारमा एनसीसी बैंकको प्रतिकित्ता, २८४.५० रुपैयाँ, विजय लघुवित्तको १५२७ रुपैयाँ र महुलीको १८९३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

लाभांश सहित अन्य प्रस्तावहरु परित गर्न एनसीसी बैंकले पुस २९ गते बिहीबार होटल हार्दिक, बागबजारमा बिहान ११ बजे चौबीसौँ वार्षिक साधारण सभा डाकेको छ ।

यस्तै विजय लघुवित्तले पुस २४ गते, शनिबार गैडाकोट रिसोर्ट, गैडाकोट, नवलपरासीमा नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । त्यसैगरी, महुली लघुवित्तले पुस २४ गते, आफ्नो केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण, महुली, सप्तरीमा बिहान ११ बजे नर्वौ वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १३ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।