सात वाणिज्य बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश

0
Shares

मुलकभर सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाइ वितरण गर्ने लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये ७ वाणिज्य बैंकको सेयर खरीद गर्ने लगानीकर्ताले सम्बन्धीत बैंकले गत आवको नाफाबाट प्रस्ताव गरेको लाभांश पाउनेछ । यसरी लाभांश पाइने बैंकमा नबिल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, सेञ्चुरी बैंक र सिभिल बैंक रहेको छ ।

गत आवबाट नबिलले ३८ प्रतिशत,हिमालयनले २६ प्रतिशत, कृषि विकास बैंकले २१.०५, एनआईसी एशिया बैंकले १५.७९, सिद्धार्थ बैंकले १५, सेञ्चुरी बैंकले ६.०५ र सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका १३ वाणिज्य बैंकहरुले साधारण सभा सम्पन्न गरी लाभांश अनुमोदन गरिसकेका छन् भने १९ बैंकको लाभांश र साधारण सभाका लागि बुकक्लोज भैसकेको छ । बुकक्लोज भैसकेका चार सहित १२ वाणिज्य बैंकको साधारण सभा सम्पन्न हुन बाँकी छ । एनआईसी एशिया बैंकले भने हालसम्म बुकक्लोज मिति मिति तोकेको छैन भने साधारण सभा समेत बोलाउन बाँकी छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन । राष्ट्रिय वाणिज्य बैंकमा विलय भएको एनआईडिसी डेभलपमेन्ट बैंक तर्फको केही हजार थान (एक प्रतिशत बराबरको ३० हजार ९१० कित्ता) सेयर रहेपनि दुब बैंकको २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोबार भएपछि नेप्सेले एनआईडिसीको सूचीकृत धितोपत्रको सूचीकरण खारेज गरेको थियो ।

आरबिबिले गत आवबाट चुक्ता पूँजीको ३० प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी ३३ पतिशत लाभांश वितरणका लागि पुस २९ गते साधारण सभा र पुस १९ गते बुकक्लोज मिति तोकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।