बैंकहरुबाट निक्षेप बाहिरिने क्रम रोकिएन, कर्जा विस्तार पनि सुस्तायो

0
Shares

वाणिज्य बैंकहरुबाट निक्षेप बाहिरिने क्रमले पुस महिनामा पनि निरन्तरता पाएको छ । पुसको पहिलो साता २ अर्ब रुपैयाँ निक्षेप थपिएको भएपनि दोस्रो सातामा भने ४ अर्बले घटेको छ ।

वाणिज्य बैंकहरुले निक्षेप तान्न तथा टिकाईराख्न विभिन्न उपायहरु अपनाएको भएपनि पुसको दोस्रो सातामा चार अर्ब रुपैयाँ बाहिरिएको छ । यसअवधिमा बैंकहरुको कर्जा विस्तार भने ३ अर्ब रुपैयाँले बढेको छ ।

बैंकहरुमा निक्षेप थपिने क्रम रोकिए पछि कर्जा लगानीमा समेत सुस्ताएको हो । नेपाल बैंकर्स संघका अनुसार पुस लागेपछि बैंकहरुमा २ अर्ब मात्र निक्षेप थपिएको छ भने यसअवधिमा ४ अर्ब कर्जा विस्तार भएको छ ।

बैंकिङ प्रणालीबाट निक्षेप झिकिने र नयाँ निक्षेप नथपिए पनि कर्जा प्रवाह भने जारी रहेको छ । यसले गर्दा बैंकहरुको कर्जा निक्षेप अनुपातमा चाप परेको देखिन्छ । अहिले वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९१.४२ प्रतिशत पुगेको छ ।

पुस महिनाको ९ गतेसम्ममा बैंकहरुले कुल ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिसम्ममा बैंकहरुले कुल कर्जा ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।