नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

0
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ, तेजावी सुन ९२ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार सुनको मूल्य घटेपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुन तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी सुन ९२ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.०९ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ पुस २०७८, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।