पुनर्बीमा, उन्नति र मितेरीको लाभांश खान आजसम्म सेयरधनी बन्न अनिवार्य

0
Shares

नेपाल पुनर्बीमा कम्पनी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र मितेरी डेभलपमेन्ट बैंकको लाभांश आउन मंगलबारसम्म सेयरधनी बन्न अनिवार्य देखिएको छ ।

तीन वटै कम्पनीले साधारण सभा प्रयोजनको लागि बुधबार सेयरधनीदर्ता पुस्तिका बन्द बुकक्लोज गर्ने मिति तोकेकाले आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यसअनुसार तीनवटै कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो ।

नेपाल पुनर्बीमा कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ भने मितेरी डेभलपमेन्ट बैंकले १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश सहितका अन्य एजेण्डा पारित गर्न पुनर्बीमाले पुस २२ गते कार्की ब्याक्वेंट बबरमहलमा बिहान ११ बजे, उन्नति सहकार्य लघुवित्तले पुस २८ गते होटल मौर्या सिद्धार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी दिएको छ ।

यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले पुस २८ गते सुनसरी उद्योग वाणिज्य संघको सभाहल धरान(१ सुनसरीमा बिहान ११ बजेसाधारण सभा बोलाएको छ ।

साधारण सभा प्रयोजनको बुधबारदेखि बुकक्लोज गर्ने भएसँगै पुस १३ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १३ पुस २०७८, मंगलबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।