अर्घाखाँची सिमेन्टले बुक विल्डिङ्ग विधिबाट आईपिओ जारी गर्ने

0
Shares

अर्घाखाँची सिमेन्टले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया थालेको छ ।

जसका लागि कम्पनीले माघ ५ गते हुने वार्षिक साधारणसभाबाट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

कम्पनीले आईपिओ निष्काशनका लागि सोहि अनुसार अधिकृत पुँजी, जारी तथा चुक्ता पूँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव अघि सारेको छ । सो कार्यका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारसभाबाट अनुमोदन गराउने भएको छ ।

साथै उक्त साधारण सभाले आ.व. २०७७/०७८ को बार्षिक प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु माथि छलफल गरी पारित गर्नेछ । उक्त साधारणसभाले सञ्चालक समितिको पुर्नगठन पनि गर्नेछ।

क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो ।

गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी गरिसकेको छ ।

२०७५ सालदेखि आफ्नो कुल उत्पादन क्षमतालाई बढाएर प्रतिवर्ष १० लाख टन पु¥याएको यस कम्पनीले लगभग पूर्ण उत्पादन क्षमतामा संचालित रहीतिब्र प्रतिस्पर्धा र लकडाउनको बाबजुत पनि आर्थिक वर्ष २०७७/७८ मा १८ प्रतिशतले बिक्री बढाउन सफल भएको छ ।

अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र प्रदान गरेको थियो

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।