सप्तकोशी डेभलपेमन्ट बैंकले विगत केहि दिनदेखि बैंकको रकम हिनामिनाका विषयमा बैंकका विरूद्ध विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकले सञ्चालन गरेको रेमिट्यान्सको पार्किङ एकाउण्टबाट रकम अपचलन भएको बिषयमा सम्बन्धित निकायमा कानून बमोजिम उजुरी गरी हाल अनुसन्धानको क्रममा रहेको जानकारी गराएको छ ।

कानून बमोजिम अनुसन्धानमा रहेको विषयप्रति थप टिकाटिप्पणी गर्न कानूनतः नमिल्ने उल्लेख गर्दै अनुसन्धानबाट दोषि देखिएका व्यक्तिहरू उपर कानून बमोजिम कार्यवाही हुने कुरामा अन्यथा छैन । बैंकद्धाजारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश १ मा स्थापित एउटा विश्वसनिय बैंकको रूपमा रहेको यस बैंक र यसका कर्मचारीहरू प्रति वितृष्णा, भ्रम फैलाई सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी र अन्य सरोकारवाला सबैलाई नकारात्मक प्रभाव पार्ने उद्देश्यले भएका केहि क्रियाकलाप र सोबाट श्रृजित समाचारहरूबाट अभिप्रेरित हुने अवस्था नभएको बैंकको भनाई छ ।
बैंकको रेमिट्यान्सको पार्किङ एकाउण्टबाट रकम हिनामिना वा अपचलन गरेको कार्यबाट अनुसन्धानबाट देखिने अपचलित रकम असुल उपर हुने नै हुँदा हालको सन्दर्भमा बैंकको निक्षेप, शेयरधनीको लगानी तथा अन्य कारोबारमा फरक नपर्ने व्यहोरामा विश्वश्त रहन सम्बन्धित सरोकारवाला सबैमा जानकारीका लागि विज्ञप्ती जारी गरिएको जनाएको छ ।
२०६९ सालमा स्थापित यो बैंकले प्रदेश १ का ७ जिल्लामा ३५ वटा कार्यालय स्थापना गरेकोे छ । बैकको २०७८ मंसिर मसान्तको पूँजीकोष ८६ करोड ३३ लाख, पुस १३ गतेसम्मको निक्षेप ४ अर्व १८ करोड, लगानीमा रहिरहेको कर्जा ४ अर्व ३६ करोड र सरकारी सुरक्षणपत्रमा लगानी १८ करोड रहेको जानकारी समेत गराएको छ ।

।










प्रतिक्रिया