
रिलायन्स लाइफ इन्स्योरेन्सको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल नियुक्त भएका छन् ।
पुस ९ गते शक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई अर्को व्यवस्था नभएसम्मको लागि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीको चार वर्षे कार्यकाल पुस १२ गते सकिएको छ । पराजुली कार्यकाल पूरा गरी सोमबार नै बाहिरिएका छन् ।
पुर्व सीईओ पराजुली ६ महिनापछि सीइओ बन्ने गरी नेपाल लाइफ इन्स्योरेन्समा जान लागेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया