बुधबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो कारोबार दिन सामान्य अंकले घटेको बजारमा बुधबार भने बढेको हो । यसदिन सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा धेरै बढेको छ ।
बुधबार नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० बिन्दुमा पुगेको छ । नेप्से यस्तै सेन्सेटिभ परिसूचक ०.२६ अंकले बढेर ४७१.२४ बिन्दुले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार सूचक मापक यसदिन कूल २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ उपसमूहको सूचक बढेको छ भने ५ घटेको छ । लाइफ इन्स्योरेन्स समूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले बढेको छ । ब्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानीको सूचक सामान्य घटेको छ ।

बुधबार हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५२ करोड ५५ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ । यस्तै नबिल बैंकको ४७.७१ करोड, मञ्जुश्री फाइनान्सको २२.३१ करोड र नेपाल बंगलादेश बैंकको २०.६४ करोडको कारोबार भएको छ ।
बुधबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकको सेयर मूल्य सर्वाधिक ९.०८ प्रतिशतले बढेको छ । राष्ट्रिय बीमा कम्पनी संस्थापक, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र आरएमडिसी लघुवित्तको सेयरमूल्य ५ प्रतिशतले बढेको छ ।
यसदिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.३९ प्रतिशतले घटेर ४८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । समृद्धि फाइनान्सको २.९६ प्रतिशत, सेन्ट्रल फाइनान्स र महालक्ष्मी विकास बैंकको २.६० प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया