राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा दामोदर प्रसाद सुवेदी

0
Shares

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् ।

कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक रहेका सुवेदीलाई कोषले मनोनयन गरेको हो ।

कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन भएका कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।

सुवेदीले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकमा सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो । सुवेदीलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।