सुनको मूल्य प्रतितोला ६०० ले बढ्यो, यस्तो छ आजको बजार भाउ

0
Shares

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी सुन ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।