मर्जर र एक्विजिशनको वर्ष बन्यो सन् २०२१, भोल्यूम करिब ६ ट्रिलियन डलर

0
Shares

सन् २०२१ मर्जर र एक्विजिशनको लागि ऐतिहासिक वर्ष बनेको छ ।

सस्तो फाइनान्सिङको सहज उपलब्धता र बढ्दो स्टक मार्केटले ठूलो हदसम्म मर्जर र एक्विजिसन गतिविधि अघि बढाउन सहयोग गर्दा सन् २०२१ मर्जर र एक्विजिसनको लागि उत्कृष्ट वर्ष बन्न पुगेको हो ।

विश्वव्यापी रुपमा मर्जर र एक्विजिशनको भोल्यूम ५.८० ट्रिलियन अमेरिकी डलर भन्दा बढी पुगेको रोयटर्सले जनाएको छ । यस अघि सन् २००७ मा मर्जर र एक्विजिसनको ग्लोबल भोल्यूम पहिलो पटक ४.५५ ट्रिलियन पुगेको थियो ।

सन् २०२० को तुलनामा सन् २०२१ मा मर्जर र एक्विजिशनको भोल्यूम ६४ प्रतिशत भन्दा धेरैले बढेको हो ।

बाइडेन प्रशासनको कडा अविश्वासका बावजुद संयुक्त राज्यले अमेरिकामा मात्रै विश्वव्यापी मर्जर र एक्विजिशनले आधा स्थान ओगटेको छ । सन् २०२१ मा झण्डै दोब्बरले बढेर मर्जर र एक्विजिसनको भोल्यूम २.५ ट्रिलियन पुगेको हो ।

यूएस फेडरल रिजर्भको अनुकूल मौद्रिक नीतिहरूका कारण बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई सस्तो ब्याजदरमा वित्तीय सेवा उपलब्ध गराएर लक्ष्यहरू पछ्याउन उत्प्रेरित गर्दा समेत मर्जर तथा एक्वीजिशनमा रेकर्ड कायम भएको बताइएको छ ।

उच्च ब्याजदरले लागत बढाउने हुँदा आर्थिक गतिविधिलाई सुस्त बनाउन सक्छ । यद्यपी मर्जर विज्ञ तथा सल्लाहकारहरूले अझै पनि २०२२ मा ठूला मर्जरहरू हुनेसक्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।