नीतिगत सम्बोधन नभइ बढ्दो ब्याजदर र तरलताको चपेटामा परेको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार पुनः रौनकता फर्किएको छ ।
पछिल्लो दिनहरुमा सूचकसँगै कारोबार रकम समेत घट्दै गएकोमा आइतबार बजार सूचक नेप्से बढेर करिब दुई हजार छ सय बिन्दु नजिक पुगेको छ । यसदिन सूचक २.३९ प्रतिशत अर्थात ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीके कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ बिन्दुमा उक्लिएको छ ।
कारोबारमा आएका २४० मध्ये १९२ कम्पनीको सेयरमूल्य आज बढेको छ भने ३२ कम्पनीको घट्दा १२ कम्पनीके मूल्य स्थीर रहेको छ । कारोबरमा आएको म्युचुअल फण्ड बाहेक बाह्र वटै उपसमुहगत सूचकमा हरियाली छाएको छ ।
नेप्से बढेसँगै लगानीकर्ता पनि उत्साहित भएका छन् । जसले सूचकसँगै करोबार रकममा पनि बढोत्तरी भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रूपैयाँ पुगेको हो ।
आइतबार हिमालयन डिष्टिलरीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर सर्वाधिक ४४ करोड ९४ लाख २ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै नबिल बैंकको २९.७० करोड, शिवम् सिमेन्ट २३.५० करोड, नेपाल बंगलादेश बैंकको १९२ करोड र अपि पावरको १७.३७ करोडको सेयर कारोबारमा आएको छ ।
नेपाल टेलिकम, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी, र नागरिक लगानी कोष शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नागरिक लगानी कोषको ६.३८ करोडको सेयर कारोबार भयो ।

यसदिन हिमालयन डिष्टिलरीको सेयरमूल्य ९.९९, मध्य भोटेकोशीको सेयरमूल्य ९.९७ तथा सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९.२९ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्रीइन्भेष्ट फाइनान्स, सिभिल लघुवित्त, उन्नति माइक्रोफाइनान्स र ज्योति लाइफको सेयरमूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आइतबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस दिन फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै सेयरमूल्य ५.१२ प्रतिशतले घटेर ७७९.९० रूपैयाँमा झरेको हो ।
यसैगरी नबिल इक्वीटी फण्ड, र मञ्जुश्री फाइनान्सको ३ प्रतिशत बढी तथा नबिल डिबेञ्चर २०८५ र दिब्यश्वरी हाइड्रोपावरको सेयमूल्य २ प्रतिशत अधिक घटेको छ ।










प्रतिक्रिया