साताको दोस्रो दिन साेमबार पनि नेप्से वृद्धिले निरन्तरता पाएपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । आइतबार ६० अंकले बढेको बजारमा सोमबार पनि ३२ अंकको वृद्धि भएको हो ।
बैंकिङ्ग प्रणालीमा तरलता क्रमश थपिँदै जान थालेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय हुँदा बजारले गति लिएको हो ।
जानकारहरु बजार अझै पनि बुलिस ट्रेण्डमा रहेको बताउँछन् । प्रोफिट बु्किङ्गले आउने अल्पकालीन करेक्शनले लगानीकर्तालाई सेयर खरीद गर्ने मौका दिने भएकाले पनि सामान्य करेक्शनबाट आत्तिनुनपर्ने उनीहरुको तर्क छ ।
कारोबारमा आएका उत्पादनमुलक बाहेक सबै उपसमुहगत सूचकमा हरियाली छाएपछि नेप्से उच्च अंकले बढेको हो । पछिल्लो २ दिनमा मात्रै नेप्से ९२ अंकले बढेको छ । यसदिन लघुवित्तको सूचक सर्वाधिक २.८८ प्रतिशत बढ्दा फाइनान्स पनि २.०५ प्रतिशतले बढेको छ । यसदिन बैंकिङ्ग, विकास बैंक र म्युचुअल फण्डको सूचक पनि १ प्रतिशत बढीले वृद्धि भएको छ ।
सोमबार नेप्से १.२४ प्रतिशत अर्थात ३२.०३ अंकले बढेर २६१६.९४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १७९ कम्पनीको सेयरको भाउ बढेको छ भने ४६ को घट्दा चार कम्पनीको मूल्य भने स्थीर छ ।
सोमबार २२९ कम्पनीका ८२ लाख ५ हजार ५२ कित्ता सेयर ५४ हजार ५०५वटा कारोबारबाट ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबार रकमका आधारमा सोमबार पनि हिमालयन डिष्टिलरीको सबैभन्दा अब्बल साबित बनेको छ । कम्पनीको सबैभन्दा धेरै २८.४४ करोडको सेयर कारोबार भएको हो । अपि पावरको १८.३० करोड, शिवम् सिमेन्ट १६.२६ करोड, नबिल बैंक १४.९३ करोड र नेपाल बंगलादेश बैंकको १४.४९ करोड रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको नेप्सेले जनाएको छ ।
बजार वृद्धिसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति बढेर कुल बजार पूँजीकरण ३६ खर्ब ९६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
.jpg)
यसदिन मध्यभोटेकाशी जलविद्युतको सेयरमूल्यमा कसारात्मक सर्किट लागेर मूल्य बढ्दा गुरासँ लघुवित्तको मूल्य पनि ९.४५ प्रतिशतले बढेको छ । एनआर्यसी एशिया लघुवित्त ८.३८, साल्ट ट्रेडिङ ७.१४ र फस्ट माइक्रोफाइनान्सको सेयरमूल्य ८७.८३ प्रतिशतले बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट, लक्ष्मी बैंक, स्वरोजगार लघुवित्त तथा सामुदायिक लघुवित्तको सेयरमूल्य पनि सो ५ प्रतिशतभन्दा अधिक बढेको छ ।
उता रुरु जलविद्युतको सेयरमूल्य सर्वाधिक २.५९प्रतिशतले घटेको बजारमा नेपाल बंगलादेश बैंक २.४५, कालीका पावर २.३२, लुम्बिनी जनरल २.१२ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य पनि २ प्रतिशत भन्दा बढीले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया