नागरिक लगानी कोषको २२ प्रतिशत बोनस शेयर पारित

0
Shares

नागरिक लगानी कोषको २४ औं साधारण सभाले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कोषले आर्थिक बर्ष २०७४/०७५ को मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

कोषले शेयरधनीहरुलाई २२ प्रतिशत बोनस तथा कर प्रयोजनका लािग १.१६ प्रतिशत नगद लाभां सहित २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जस अनुसार २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि एक करोड २७ लाख रुपैयाँ वितरण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कोषले भदौँ १९ गते बुक क्लोज गर्ने गरेको थियो ।  जसअनुसार भदौँ १८ गतेसम्म कायम शेयरधनीले मात्र कोषको लाभांश पाउनेछन्।

बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पास गरेको छ ।

सभामा कोष सचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले आम नागरिकलाई समेट्ने गरी नयाँ वचत कार्यक्रम ल्याउन कोष क्रियाशिल रहेको जानकारी दिदैं लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्सी र प्रतिफलमुखी बनाएको धारणा राखे ।