प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड नाघ्यो

0
Shares

प्रभु बैंक लिमिटेड (PRVU) को चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ पुगेको छ ।  बैंकको आइतबार सम्पन्न २० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी पौने १३ अर्ब रुपैयाँ पुगेको हो ।

बैंकले गत आ.व. २०७७/७८ को मुनाफाबाट सोहि आ.व. मा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो । यस्तै वार्षिक साधारण सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ती (एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यताप्राप्त मुल्यांकनकर्ता नियुक्ती गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा आइतबार सम्पन्न २० औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको छ । बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७७/०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै नेपाल सरकारले तोकेको सीमाभित्र रही शेयरधनी महानुभावहरुलाई वार्षिक साधारण सभास्थलमा प्रत्यक्ष तथा अप्रत्यक्ष उपस्थितिका लागि भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाईएको थियो ।

देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको बैंकिङ्ग सञ्जालको माध्यमबाट १६ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।