सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो, यस्तो छ बजार भाउ

0
Shares

सुनचाँदीको मूल्य नेपाली बजारमा मंगलबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ ९०० रुपैयाँ र चाँदीको भाउ तोेलामा १५ रुपैयाँले घटेको हो । सोमबार पनि सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भउको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८०६ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.८० डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।