सिटिजन लाइफको सीईओमा पुनः पौडेल

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषक राज पौडेल नियुक्त भएका छन् ।

पौडेललाई आगामी ४ वर्षको लागि सीइओमा निरन्तरता दिन बीमा समितिले स्वीकृती दिएसँगै कम्पनीमा पौडेल दोहोरिएका हुन् ।

उनको पहिलो कार्यकाल पुस मसान्तमा समाप्त हुँदै थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले पुस पहिलो साता पौडेललाई पुनरनियुक्तिका लागि बीमा समितिसँग स्वीकृतका लागि अनुमति मागेको थियो ।

सिजिटन्स लाइफ इन्स्योरेन्स कम्पनीको सीइओ पौडेल जीवन बीमक संघका उपाध्यक्ष समेत हुन् । यसअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेट लाइफ इन्स्योरेन्समा आबद्ध थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७८, बिहिबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।