इन्फिनिटी लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

0
Shares

इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस र कर सहित ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । जस अनुसार २ करोड ७ लाख रुपैयाँ बराबरको बोनस र १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद वितरण गर्नेछ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण हुनेछ । इन्फिनिटीको आइपीओपछिको यो पहिलो लाभांश घोषणा हो । कम्पनीले गत जेठमा आईपीओ जारी गरेको थियो ।

हाल इन्फिनिटी लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ छ । बोनस वितरणपछि पूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।