कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद पाउन आजसम्म सेयरधनी बन्नैपर्ने

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) काे १५० प्रतिशत हकप्रद सुरक्षित गर्ने पुस २५ गते आइतबार अन्तिम दिन रहेकाे छ ।

बैंकले माघ ७ गतेदेखि बिक्री गर्नका लागेको चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिनका लागि पुस २५ गते आइतबारसम्म सेयर खरीद गरी सेयरधनी कायम भैसकेको हुनुपर्नेछ ।

गत बिहीबार बैंकको सेयर प्रतिकित्ता ९०४ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

बैंकले हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते सोमबार सेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार पुस २५ गते आइतबारसम्म नेप्सेमा कारोबार भइ सेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रदमा मेरो सेयरको मोबाइल एप तथा वेवसाइटका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंकका शाखाकार्यालयहरु मर्फत आवेदन गर्न सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन माघ २७ गते रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  ०९ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।