अमेजनले घटायो आइसोलेसनको समयावधि

0
Shares

अमेजनले कोरोना लागेपछि आइसोलेसनमा बस्नुपर्ने दिनहरु घटाएको छ ।

यसअघि दश दिन रहेको उक्त समयावधि सात दिनमा झारेको हो ।

हालै अमेरिकी रोग नियन्त्रण तथा संरक्षण केन्द्रले आइसोलेसन अवधि घटाएर पाँच दिन पु¥याएपछि अमेजनले पनि आफ्ना कर्मचारीहरुको आइसोलेसन अवधि घटाएर एक हप्ताको बनाएको हो ।

त्यसैगरी एक हप्ताको आइसोलेसनपछि पनि कोरोना भाइरसको लक्षण देखिएका र पोजेटिभ भएका बिरामीहरुलाई ४० घन्टाको तलबी विदा दिने घोषणा पनि अमेजनले गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका संक्रमणका केसहरु बढिरहेका छन् । कोरोना लागेपछि कम्तिमा १० दिन आइसोलेसनमा बस्नुपर्ने प्रावधान रहँदै आएको थियो ।

अमेजन डटकम इन्क एक अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी हो जसले ई(कमर्स, क्लाउड कम्प्युटिङ, डिजिटल स्ट्रिमिङ, र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) मा आफुलाई केन्द्रित गरीरहेको छ । यो अमेरिकी सूचना प्रविधि उद्योगका ठूला पाँच बजार पूँजीकरण हुने कम्पनीहरू मध्ये एक हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।