बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ सेयरधनीको डिम्याट खातामा जम्मा

0
Shares

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) गोलाप्रथाबाट सेयर प्राप्त गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीले सिडिएस एण्ड क्लियिरङ लिमिटेडमा सूचीकरण गराएपछि सिडिएसडिसीले गोलाप्रथाबाट सेयर पाउने लगानीकर्ताको डिम्याट खातामा उक्त आईपीओ जम्मा गरिदिएको हो ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि कम्पनीले बिएनएचएल कारोबार संकेत (सिम्बोल) पाएको छ । अब उक्त आईपीओ यसै साता नेप्सेमा सूचीकरण गर्नेछ । यसै साता सूचीकरण सम्पन्न गरी सुरू गर्ने तयारी कम्पनीको छ । नेप्सेमा सेयर सूचीकरण भएको दोस्रो दिनदेखि धितोपत्रको दोस्रो बजारमा आईपीओ कारोबारमा आउने गर्दछ ।

नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि नै लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४.०५ रूपैयाँ देखि अधिकतम २५२.१५ रुपैयाँ सम्म ओपनिङ रेञ्ज निर्धारण गर्नेछ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि परिष्कृत वित्तीय विवरणमा कायम नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गरेको छ । बुद्धभुमीको आर्थिक वर्ष २०७६।७७ को परिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ ८४.०५ रूपैयाँ छ ।

कम्पनीले असाोज ११ देखि १४ गतेसम्म ८ करोड रुपैयाँ बराबरको आईपीओमा सर्वसाधारणमा आवेदन माग गरी असोज २२ गते शुक्रबार उक्त आईपीओ बाँडफाँड गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

उक्त सेयरमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताको दरले प्राप्त गरेका थिए । बाँडफाँडका लागि योग्य १९ लाख ५६ हजार ५५५ जनाको भने हात खाली भएको थियो भने १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।