महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) को वार्षिक साधारण सभा स्थगित भएको छ । सेयरधनीको कोरम नपुगेपछि सभा स्थगित भएको हो ।
बैंकले आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११ बजे २० औं वार्षिक साधारण सभा बोलाएको थियो ।
सञ्चालकहरुको निर्वाचन कार्यक्रम भने उच्च अदालत पाटनमा कका सेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले निवेदन दिएपछि यसअघि नै स्थगित भैसकेको छ ।
उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतबाट विपक्षीहरुका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया