नेपाल लाइफको नायब प्रमुख कार्यकारी अधिकृतमा पराजुली: हरेक क्षेत्रमा अब्बल सावित गर्न लागिपर्ने प्रतिबद्धता

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।

पराजुलीले पुस २५ गतेदेखि सिनियर डिसिओको कार्यभार सम्हालेको नेपाल लाइफले जनाएको छ ।

पदभार ग्रहण गर्दै पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताउनुभयो । संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, उनले यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको उल्लेख गरे । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छबीलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ ।’ नवनियुक्त सिनियर डिसिओ पराजुलीले भने ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीइओ) थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।