मेगा बैंकको भिरकोट शाखामा मेगा सर्वप्रिय बचत खाता खोलेका ईश्वर कर्माचार्यको मृत्यूपछि उनको परिवारलाइ बिमा रकम भुक्तानी गरेको छ ।
मेगा बैंकको सो योजना अन्तर्गत खाता खोलेका खातावलाको बिमा पनि गरिएको हुनाले कर्माचार्यको निधनपछि उनको परिवारलाइ बिमा बापतको पाँचलाख रुपैयाँ मंगलबार भुक्तानी गरेको बैंकले जनाएको छ । भीरकोट नगरपालीकामा २०७६ आषाढ ८ गते ट्याक्टर दुर्घटनामा परी असामयिक निधन भएका स्व. ईश्वर कर्माचार्यकी पत्नी विनिता कर्माचार्यलाइ भिरकोट शाखा प्रबन्धक रविन्द्र नेपालले पाँच लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।
बैकले नियमित बचत सँगै परिवारको स्वस्थ्य र सुरक्षाको अनूभूति दिलाउने उद्देश्यले खातावलाका श्रीमान–श्रीमतीलगायत दुई जना सन्तानका लागि समेत विमा सुविधा सिहतको मेगा बचत खाता योजना ल्याएको जनाएको छ । यो योजनामा खाता खोल्नका लागी न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीनवटा विकल्पहरु रहेको बैंकले जनाएको छ । यो योजना अन्तर्गत दुर्घटना मृत्यु विमा, घातक रोग विमा र उपचार खर्च समेत गरी एक परिवारका लागी डेढ करोड रुपैयाँसम्मको बीमा सुुरक्षा व्यवस्था रहेको छ ।
प्रतिक्रिया