सिभिल क्यापिटलले खाेल्यो १ लाख बढी डिम्याट खाता, कर्मचारीहरुलाई कार्यक्षमता अभिवृद्धि प्रशिक्षण

0
Shares

सिभिल क्यापिटल लिमिटेड १ लाख बढी डिम्याट खाता खाेल्न सफल भएकाे छ । ग्राहक एवं लगानीकर्ताहरुलाई छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै ग्राहकमाझ लोकप्रिय बन्दै गइरहेको क्यापिटलले ग्राहक संख्यालाई छोटो समयमा नै उल्लेख्य रुपमा बढोत्तरी  गरेकाे हाे ।

दुई वर्ष अघिसम्म करिब ३३ हजारको संख्यामा रहेको डिम्याट खाताको संख्यालाई क्यापिटलले हाल १ लाख ०५ हजार पुर्याउन सफल भएको हो ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले सिभिल क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकसँगै लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको बताए ।

आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्ने संस्था प्रतिबद्ध रहेको जनाएको छ ।

कार्यक्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया तथा ताालिम कार्यक्रम सम्पन्न

पूँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको संस्थाले गोरखा जिल्लाको सदरमुकाममा संस्थामा कार्यरत कर्मचारीहरुलाई पिकनिकको मनोरन्जका साथै कार्यक्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया तथा ताालिम कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सहभागी २६ जना कर्मचारीहरुलाई क्यापिटलका कर्मचारी विभागका प्रमुख मणिराज काफ्ले तथा प्रमुख कार्यकारी अधिकृत झनकरकाज ढुंगेलले प्रशिक्षण गराएका थिए ।

सिभिल क्यापिटल मार्केट लिमिटेडद्धारा सकारात्मक रुपमा ग्राहकहरुलाई चुस्त दुरुस्त के कसरी सेवा प्रदान गर्ने, अनुशासित कसरी रहने, कार्यक्षमता कसरी अभिवृद्धि गर्ने, व्यवसायिक रुपमा संस्थालाई अगाडि बढाउन के कस्तो योगदान जरुरी हुन्छ जस्ता विषयहरुमा प्रशिक्षण दिइएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरु समेत सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।