बेष्ट फाईनान्सको थतिचोक शाखा लगनखेल बसपार्कसँंगै स्थानान्तरण

0
Shares


बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ ।

नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहक महानुभावहरुको उपस्थिति रहेको थियो । यस बेष्ट फाईनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिँदै आएको छ ।

यस फाइनान्सबाट डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको बताइएको छ ।

नयाँ सेवा अन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको फाइनान्स स्रोतले बताएको छ । जसबाट देश विदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।