सुनकाे भाउ एक सातामा प्रतितोला १ हजार १०० रूपैयाँले बढ्यो

0
Shares

पुस महिना सकिनै लाग्दा सुनको मूल्य निरन्तर बढीरहेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साता समयावधिमा सुनकाे भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार साताको पहिलो दिन अर्थात आइतबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा १ हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै चाँदी पनि यस अवधिमा तोलामा ३५ रुपैयाँले बढेको छ । गत आइतबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबारको तुलनामा आज शुक्रबार सुन तोलाको भाउमा २०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबारका लागि छापावाला सुनकाे भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार २०० रुपैयाँ ताेकिएको छ ।  बिहीबार छापावाला सुन तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२८ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.२१ डलर आसपासमा कारोबार भइरहेको छ ।

थप समाचारहरू:-

सुनको भाउ तोलामा ५०० सयले महङ्गियो

बुधबार सुनको मूल्य ४०० ले बढ्यो, यस्तो छ आजको बजार मूल्य

सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्य तोलामा ३०० ले घट्यो, यस्तो छ बजार मूल्य

आइतबार सुनचाँदीको मूल्य स्थीर

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० पुस २०७८, शुक्रबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।