जीवन बीमा कम्पनीहरूले बोनसमा लाग्ने कर बाहेक नगद लाभांश बाँड्न नपाउने

0
Shares

बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई पनि नगद लाभांश वितरणमा कडाई गरेको छ ।

सबै जीवन बीमा कम्पनीलाई परिपत्र जारी गर्दै बीमा समितिते नगद लाभांश वितरणमा रोक लगाएको हो ।

जीवन बीमा कम्पनीहरुलाई बीमकले भविष्यमा जोखिममा आधारित पूँजी कायम गर्नु पर्ने तथा बीमकलाई आईपर्न सक्ने थप जोखिम बहन गर्न पूँजीकोषलाई सबल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्म नगद लाभांश घोषणा तथा वितरण नगर्न निर्देशन दिएको हो ।

बीमा कम्पनीहरुले बोनस सेयर बजारी गर्दा कर प्रयोजनका लागि लाग्ने नगद लाभांश भने वितरण गर्न भने पाउनेछन् । समितिले केही दिन अघि मात्रै निर्जीवन बीमा कम्पनीहरूलाई पनि नगद लाभांश वितरणमा रोक लगाएको थियो ।

जोखिममा आधारित पूँजी निमार्ण र कम्पनीहरूलाई नगद अभाव हुनबाट रोक्न सहज हुने उदेश्यले उक्त निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।