नेपाल चेम्वर अफ कमर्सद्वारा अफगानिस्तानका जनताको लागि राहत सामाग्री हस्तान्तरण

0
Shares

नेपाल चेम्वर अफ कमर्सले अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ २० लाख मूल्य बराबरको राहत सामाग्रीहरु उपलब्ध गराएको छ ।

निजी क्षेत्रका व्यवसायीहरुको संगठन चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट उक्त मानवीय सहयोग परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरि गरकोमा मन्त्रीलाई आभार व्यक्त गर्दै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गरे ।  माननीय मन्त्री डा. खड्काले राहत सामाग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु¥याएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

अफगानस्थानमा तालिबानले सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय नाकाबन्दी कायम छ भने अर्थतन्त्र ओरालो लागेको छ । हिउँद याम सुरू हुँदै गर्दा अफगानिस्तानको मानवीय सङ्कट पनि बढ्दो छ । यस अघिको अफगान सरकारको पतन र पश्चिमा सहयोग फिर्ता हुँदा बेरोजगारी तीव्र रूपमा बढेको छ । दश लाख बालबालिका कुपोषणको खतरामा छन् ।

मानवीय सङ्कट बढेसँगै संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानका लागि सहयोग उपलब्ध गराउन आपत्कालीन अनुरोध गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० पुस २०७८, शुक्रबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।