राष्ट्र बैंकको स्वामित्वमा रहेको ग्रामीण लघुवित्तको शेयर लिलामीमा

0
Shares

नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ९५२ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ।

राष्ट्र बैंकले आफूले नियमन गर्ने संस्थाको शेयर बेच्नुपर्ने नियम अनुसार ग्रामीण विकासको सेयर लिलामी गर्न लागेको हो । यस अघि केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको शेयर पनि लिलामी मार्फत बिक्री खुला गरेको थियो ।

ग्रामीण विकासको लिलामीको शेयरमा कम्पनीका हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । संस्थापकहरुले नकिनेपछि राष्ट्र बैंकले सर्वसाधारणलाई शेयर बिक्री खुला गर्ने छ।

जसको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र कात्तिक ६ गते बिहान ११ बजे खोलिने केन्द्रीय बैंकले जानकारी गराएको छ ।