नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस प्रस्ताव

0
Shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (NIL) ले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ ३ गते, सोमबार बिहान सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार कम्पनीले कुल २० करोड ८० लाख २२हजार ५१३ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ । 

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ । प्रस्तावित १९ करोड ७६ लाख १४ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५१ करोड ५० लाख ४६ हजार ८०० रुपैयाँ पुग्नेछ । यस्तै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १ करोड ४ लाख ७ हजार ७१३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

अघिल्लो आवको नाफाबाट कम्पनीले १५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो छ कम्पनीकाे लाभांश इतिहास:-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 15.50 0.82 16.32
2 2075/2076 0.00 8.16 8.16
3 2074/2075 12.00 0.63 12.63
4 2073/2074 10.00 0.52 10.52
5 2072/2073 20.00 1.05 21.05
6 2071/2072 15.00 0.78 15.78
7 2070/2071 12.71 0.67 13.38
8 2068/2069 11.50 0.00 11.50
9 2067/2068 5.00 0.00 5.00

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।