सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ

0
Shares

सुनको भाउ सोमबार नेपाली बजारमा सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीके भाउ तोलाको १ हजार २५५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजावी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१९ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.०२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।