दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशनमा कामना सेवा बन्यो पहिलो

0
Shares

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्नेमा पहिलो कम्पनी बनेको बैंकको प्रगति सन्तोषजनक नै छ ।

बैंकले मंगलबार प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खुद नाफा, प्रतिशेयर आम्दानी, रिर्जभ तथा वितरण योग्य नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको नाफा करिब १२ प्रतिशतले घटेको हो ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ रुपैयाँ ४२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ रुपैयाँ ५४ पैसा घटेर २१ रुपैयाँ ८७ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन आम्दानी नभएका कारण बैंकको खुद नाफा घटेकोे हो। बैंकको गैर संचालन आम्दानी नभए पनि नियमित आम्दानीमा भने बढोत्तरी आएको छ । बैैकको ब्याज आम्दानी, कमीशन आय लगायत बढेको छ ।

बैंकले ६ महिनामा ९० करोड ५९ लाख खुद ब्याज आम्दानी गरेर ४९ करोड रुपैयाँ संचालन नाफमा गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशत तथा सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले बढेको छ।

बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेर ३ अर्ब १४ करोड, जगेडा कोष १२.५१ प्रतिशतले घटेर एक अर्ब ३ करोड कायम भएको छ । बैंकले यसअवधिमा ४७ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ४३ अर्ब बढी कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप ७.९९ प्रतिशत बढेको छ भने कर्जा ११.५० प्रतिशत बढेको छ। बैंकको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।