प्रिमियर इन्स्योरेन्सको १५% लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (माघ ४ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ ५ गतेदेखि माघ २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीको माघ २१ गते हुने साधारण सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सो सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त इन्स्योरेन्ससँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।