चाँदी तोलामा ३० रुपैयाँले बढ्यो, सुनको भाउमा सामान्य वृद्धि

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य एकैदिन ३० रुपैयाँले बढेको छ ।

महासंका अनुसार नेपाली बजारमा सुनको भाउ पनि तोलामा १०० रुपैयाँले महङ्गिएको छ ।

बुधबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै बुधबार चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ पुगेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८१३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.४१ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।