कोरोना भाइरसको पीसीआर शुल्क घट्यो, अब सरकारीमा ८०० तथा निजीमा १५०० मात्र लाग्ने

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए ।

उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताए ।

सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले दुई हजार लिने गरेका थिए । कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार  २२ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।