एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

0
Shares

एभरेष्ट बैंकले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ मा आवेदन दिने म्याद थप भएको छ ।

बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष अवधिको दुई अर्ब बराबरको कुल २० लाख इकाइ ऋणपत्र जारी गरेको थियो । अब सो ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटो अवधि माघ ६ गतेसम्म आवश्यक आवेदन नपरेका कारण निष्काशन अवधि लम्बिएको हो।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका सेयर खरीका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री खुला हुने २० लाख कित्ता ऋणपत्र मध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता (सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात ४० हजार कित्ता समेत) सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो भने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता इकाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित जनाउँछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७८, बिहिबार  ०९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।