बतास प्रकरणमा सरकारले एकोहोरो आक्रमण गरेको भन्दै कैलाली उद्योग वाणिज्य संघको आपत्ति


कैलाली उद्योग वाणिज्य संघले आनन्दराज बतास र उनी सम्बद्ध व्यवसायका सम्बन्धमा भईरहेको आक्रमणप्रति आपत्ति जनाएको छ ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले सम्झौताका विषय नहेरी सञ्चार माध्यम र राज्यले एकोहोरो रुपमा बतास माथि आक्रमण गरेको जनाएको हो ।

नारायणहिटीमा रेष्टुराँदेखि विभिन्न स्थानमा गरेका व्यवसायिक गतिविधिहरु राज्यले दिएको क्षेत्राधिकार भित्र रहेर गरिएको अवस्थामा सार्वजनिक निजी साझेदारीको अवधारणलाई कमजोर बनाउने काम भएको संघले जनाएको छ ।

संघले विज्ञप्तिमा भनेको छ, “राज्य स्वयंले टेण्डर आह्वान गर्ने, सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएको प्रावधान पूरा गर्दै लगानी गरिसके पछि विभिन्न आरोप प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैँमा विरोधाभाषपूर्ण र पुर्वाग्रहबाट प्रेरित रहेको संघको ठम्याई छ ।”

सरकारको पछिल्ला कमदहरुले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै संघले आफैँले गरेका निर्णयहरु लत्याउने, कानुनी राज्यको खिल्ली उडाउने काम भएको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले सञ्चार माध्यमममा आएका टिप्पणीका आधारमा स्पष्टीकरणको मौका समेत नदिई निर्माधिन संरचनाहरु भत्काउनु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएको छ । साथै संघले सम्झौता रद्ध गर्ने प्रावधान अनुरुप जानु पर्नेमा त्यस्तो पनि नगरिएको भन्दै व्यवसायी माथिको आक्रमण रोक्न आग्रह गरेको छ । बतासलाई सफाइको मौका दिँदै क्षतिपूर्ति उपलब्ध गराउन पनि संघले माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।