सुनको मूल्य सातामा प्रतितोला १ हजार ४०० ले बढ्यो, यस्तो छ बजार मूल्य

0
Shares

नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार सम्म आइपुग्दा सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।

गत आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजावी सुन ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै एक साता अवधिमा चाँदीको मूल्य पनि बढेको छ । यस अवधिमा चाँदी तोलामा ७५ रुपैयाँले वृद्धि भएको हो । आइतबार चाँदी तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।