मेगा बैंकले आम्दानी घटेपनि बढायो नाफा, ६ महिनामा कमायो १३९ करोड

0
Shares

मेगा बैंक (MEGA) ले खुद ब्याज आम्दानी, फि कसिशन आय जस्ता आम्दानीका स्रोत घटेपनि खुद नाफामा भने ७.३२ प्रतिशतले बढोत्तरी गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमम्ममा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यही अवधिसम्म बैंकले १ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको बैंकको नाफा सामान्य बढ्दा वार्षिक प्रतिसेयर आम्दानी ०.४३ पैसा घटेर १७.३७ रुपैयाँमा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३.०६ रुपैयाँ, कस्ट अफ फण्ड ५.४७ प्रतिशत, पीई रेसियो १७.५५ गुणा छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत, बैंकको आधार दर ८.७७ प्रतिशत, र सीडी रेसियो ९३.१४ प्रतिशत छ ।

बैंकको खुद ब्याज आम्दानी खुद व्याज आम्दानी पनि २.१३ प्रतिशत घटेर २ अर्ब ६४ करोड ७२१ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन मुनाफा १०.५९९ प्रतिशतले बढेर २ अर्ब २ करोड २० लाख रुपैयाँ भएको छ । गत आवको यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ८२ करोड ८४ लाख रुपैयाँ थियो । इम्पेरिमेन्ट चार्ज घट्दा सञ्चालन नाफा बढेको हो।

समीक्षा अवधिमा बैंकको जगेडा कोषको आकार १.११ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ३१ लाख रुपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिसम्म जगेडा कोषमा ३ अर्ब ६७ करोड २४ लाख रुपैयाँ सञ्चित थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।