ज्योति लाइफको लाभांश परिमार्जन, नगदमा भन्दा बोनसमा जोड

0
Shares

ज्योति लाइफ इन्स्योरेन्सले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ५.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकोमा बीमा समितको निर्देशन बमोजिम लाभांश परिमार्जन गरेको हो ।

अब कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानीकर्तालाई वितरण हुनेछ ।
चार वर्षअघि जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।