आशा लघुवित्तको बोनस सेयर जम्मा

0
Shares

आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को २५ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत भएपछि उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।

कम्पनीले कात्तिक ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गरेको छ ।

लघुवित्तको गत कात्तिक २७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर वितरणको प्रस्ताव अनुमोदन गरेको थियो ।
कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।