सनराइज बैंकको नाफा २१.४७% घट्यो, २० प्रतिशतको व्यवसाय विस्तारको देखिएन उपलब्धि

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL)  ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा २० प्रतिशतले कर्जा लागानी बढाएको त्यसको उपलब्धि शुन्य देखिएको छ ।

बैंकले सोमबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा २१.४७ प्रतिशतले घटेको छ ।

बैंकले पुस मसान्तसम्ममा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आवको यसै अवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंककोखुद ब्याज आम्दानी एक प्रतिशत भन्दा कम मात्र बढेको छ भने इम्पेरमेन्ट चार्ज वापत ३९ करोड ४९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा प्रभावित बन्न पुगेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ छ ।

चुक्ता पूँजी ६.६५ प्रतिशत बढेर १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ पुग्दा वार्षिक प्रतिसेयर आम्दानी भने ५.२७ रुपैयाँ घटेर १४.७४ रुपैयाँमा संकुचित बनेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २०.०१ रुपैयाँ थियो ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब २९ अर्ब २४ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ३९ करोड ३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट बैंकले १ अर्ब ८३ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ६ करोड ३५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन २१.४३, कर्जा लगानी १९.८० प्रतिशत र खुद ब्याज आम्दानी ०.८० प्रतिशतले बढेको हो भने सञ्चालन नाफा भने २१.५९ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ०.७८ प्रतिशत घटेर ५ अर्ब २४ करोड ७ लाख कायम हुँदा प्रतिसेयर नेटवर्थ १५१.७९ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात १.४१ प्रतिशत, कस्ट अफ फण्ड ६.७६ प्रतिशत, आधारदर ८.९४ प्रतिशत, सिडी रेसियो ८९.५७ प्रतिशत, पूँजीकोष अनुपात १२.७० प्रतिशत र मूल्य आम्दानी अनुपात २०.३६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।