
वागमती प्रदेशका श्रम तथा यातयातमन्त्री घनश्याम दाहालले यातयात कार्यालयमा बसेर घुस खाने कर्मचारी कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार भरतपुरस्थित यातयात सेवा कार्यालयको अनुगमन पश्चात कर्मचारीलाई निर्देशन दिँदै मन्त्री दाहालले कुनै बहानामा गरिब जनताबाट घुस लिएको खबर आए कर्मचारीलाई हदसम्म कारबाही गर्ने बताए ।
चितवनमा केही दिन अगाडि एउटै यस्तै घटना बाहिर आएको छ, सेवाग्राहीलाई समस्या देखाएर घुस खाने काम बन्द गर्न कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री दाहालले सेवाग्राहीहरुलाई सम्बोधन गर्दै कर्मचारीहरुले बढी पैसा मागे अख्तियार दुरुपयोग आयोगमा उजुर गर्न आग्रह गरे। मन्त्री दाहालले वागमती प्रदेशमा यातायात सेवामालाई नमुना बनाउने अभियानमा गृह जिल्ला चितवनबाट सुरु गरेको उल्लेख गरे ।
वागमती प्रदेशको यातायात मन्त्रीको कार्यभार सम्मालेसँगै यातायातको क्षेत्रमा वागमती प्रदेशलाई मुलुककै नुमना बनाउने घोषण गरेका थिए । यातायात व्यवस्थाको कार्यालयबाट प्रदान हुने सेवाहरुप्रति सेवाग्राहीको जनगुनासो बढेपछि यो सेवालाई जनमुखीसँगै गुनासो रहित बनाउने अभियानको क्रममा यातायात सेवा कार्यालय भरतपुर चितवनमा पुगेका थिए ।
“मैले भन्दै आएको छु, म यहीँको स्थायीय हो म यही पेन्सन पकाउँछु भनेर नसोच्नुस् ।” उनले भने, “यातायात कार्यालयलाई अब एउटा गतिमा लानु पर्नेछ, कार्यालयमा ढिलासुस्तबारे जनगुनासो आउन भएन, सेवाग्राहीलाई छिटो भन्दा छिटो सेवा दिनुस् ।”

मन्त्री दाहालले अहिले नविकरणको काम गर्दा त गुनासो आउँछ भने भोलि चितवनमा लाईसेन्स नै बनाउँदा के हुन्छ भन्दै प्रतिप्रश्न गरे । अहिले सबैभन्दा बढी काम यातयात कार्यालयबाट हुन्छ भने सबैभन्दा धेरै गर्नुपर्ने बदनाम पनि कार्यालय नै हुनु परेको उनको कथन थियो । यो सिंगो यातयात मन्त्रालयकै बदनाम भएको उनको भनाई छ ।
चितवनको यातयात कार्यालयलाई देशकै नमुना कार्यालय बनाउन वागमती प्रदेश सरकार तत्पर रहेको उनको भनाई छ । मन्त्री दाहालले लाईनमा बसेका सेवाग्राहीसँग कार्यालयले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी समेत लिएका थिए ।
सेवाग्राहीहरुले मन्त्रीको जवाफमा सेवा पाउन निकै खर्चिलो र झन्झटिलो भएको प्रतिक्रिया दिएका थिए । मन्त्रीले कार्यालय अनुगमनपछि कार्यालय प्रमुखको कार्यकक्षमा बसेर कर्मचारीहरुलाई कडा निर्देशन पनि दिए । जनतालाई छिटो–छरितो र सरकारले तोकेको राजश्व रकम लिएर सेवा प्रदान गर्न मन्त्री दाहालले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
यातायात कार्यालयले दिने सेवा सुविधाप्रति जनगुनासो प्राप्त भएपछि आफू छर्के अनुगमनमा आएको बताउँदै मन्त्री दाहालले जनताले पाउनुपर्ने सेवा, सुविधामा आर्थिक चलखेल भएको आफू कहाँ जानकारी आए कारबाही गर्न पछि नपर्ने चेतावनी समेत दिएका छन् ।
यातायात कार्यालयका कर्मचारीहरु लाईसेन्स नविकरण, बाटो ईजाजत र जाँचपासमा घुस खाने गरेको र घुस नदिँदा काम ढिलासुस्ती गर्ने जनगुनासो बढेपछि मन्त्री दाहालले छड्के अनुगमन गरेको बताए ।
यातायात सेवा कार्यालय कार्यालय प्रमुख विनोद पौडेलले आफुहरुले रातदिन नभनेर काम गरिरहेको बताए । उनले भने कार्यालय सडक छेउमै छ यहाँ आउने सेवाग्राहीका सवारी सडक सम्मै पाकिङ्ग भैरहेका छन् छिटो सेवा विस्तार गर्ने ब्यवस्था मिलाईदिन म अनुरोध गर्दछु ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया