उन्नति माइक्रोफाइनान्सले घोषणा गर्यो ४० प्रतिशत लाभांश

0
Shares

उन्नति माइक्रोफाईनान्सले गत आर्थिक बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ४०.६३ प्रतिशत लाभांश घोषणा गरेको हो।

बुधबार साँझ बसेको कम्पनी संचालक समितिको बैठकले लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस शेयर र २.०३ प्रतिशत नगद लाभांश गरि कुल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पूँंजी ८ करोड ८२ हजार ७५ लाख छ । जस अनुसार कम्पनीले ३ करोड ४० लाख ७४ हजार १५० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने भने करका लागि १७ लाख ९३ हजार ३७६ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

उन्नतिले अघिल्लो वर्ष ४०.५ प्रतिशत बोनस र २.१३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित बोनस वितरणपछि कम्पनकिो चुक्ता पूँजी १२ करोड २३ लाख ४९ हजार १५० रुपैयाँ पुग्नेछ ।