आइसिएफसि फाइनान्स कम्पनी (ICFC) को खुद नाफा दोस्रो त्रैमासमा २४.४१ प्रतिशतले घटेको छ ।
सोमबार सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार फाइनान्सले ९ करोड २६ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा फाइनान्सले १२ करोड २५ लाख ७० हजार रुपैयाँ नाफ कमाएको थियो ।
चुक्ता पूँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार रहेको कम्पनीको नाफामा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेर १६.४४ रुपैयाँमा झरेको छ । गत आवको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी २३.९३ रुपैयाँ थियो ।
दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १५ अर्ब ४५ करोड ४८ लाख ३८ हजार निक्षेपन संकलन गरेर १२ अर्ब ८६ करोड ९४ लाख ८४ हजार कर्जा लगानी गरेको छ ।
यस अवधिमा कम्पनीले २० करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी र १३ करोड २२ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी ३२.६६ प्रतिशतले बढ्दा सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४ प्रतिशतले गिरावट आएको छ ।
वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा ४७ करोड ९२ लाख ३२ हजार र रिटेन्ड अर्निङमा ५ करोड ८ लाख ५३ हजार रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १.०६ प्रतिशत, प्रतिसेयर नेटवर्थ १४७.०३ रुपैयाँ, कस्ट अफ फण्ड ७.९३ प्रतिशत, आधार दर ९.७६ प्रतिशत र मूल्य आम्दानी अनुपात ४७.१४ गुणा छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया