सुनको मूल्य तोलामा ५०० ले बढ्यो, चाँदीको भाउ भने सस्तियो

0
Shares

सुनको मूल्य नेपाली बजारमा मंगलबार तोलामा ५०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने १५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य पनि ५००रुपैयाँले बढेर ९३ हजार ५०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १५ ले घटेर १ हजार ३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ निर्धारण गरिएको थियो । सोबार सुनचाँदी दुबैको भाउ स्थीर बनेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८४२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.८१ डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।